साउथ साइडर्स र प्राइम च्याम्पियन

Manoj Shiama
4 July, 2016 8:26 pm

basketball winnereसाउथ साइडर्स र प्राइम मोर्गन कप१२ औं महिला तथा १३ औं पुरुष राष्ट्रियक्लबस्तरीय बास्केटबलप्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जिते । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा साउथ साइडर्सले गोल्डेनगेटलाई ९१–७८ ले पराजित ग¥यो । साउथ साइडर्सको जितमा विजय बुर्जाले २७ अंक योगदान गरे । गोल्डेनगेटका सिद्धार्थ महर्जनले २४ अंक जोडे ।
पहिलो क्वाटरमा साउथ साइडर्स १४–२१ ले पछि प¥यो । त्यसपछिको खेलमा फर्केको साउथ साइडर्सले बाँकी तीनवटै क्वाटर आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित ग¥यो । साउथ साइडर्सले दोश्रोमा २४–२३, तेश्रोमा २७–१८ र चौथोमा २६–१६ को प्रदर्शन ग¥यो ।basketball beste
महिलातर्फ फाइनल सरह राउन्ड रोविन लिगकै अन्तिम खेलमा ह्वाइटहाउसलाई ५७–४७ ले हराउदै प्राइम उपाधि जित्न सफल भयो । उक्त खेलअघि दुवै टोली अपराजित थिए । प्राइमको जितमा लुनिभा सिंहले २१ अंक जोडिन् । ह्वाइटहाउसकी अनुषा मल्लले १८ स्कोर गरिन् ।
पहिलो क्वाटरमा १०–७ ले अघि बढेको प्राइम दोश्रोमा १७–१९ ले पछि प¥यो । बाँकी दुवै क्वाटरमा पुनः प्राइमले अग्रता लियो । प्राइमले तेश्रोमा १२–६ र चौथोमा १८–१५ अंक बटुल्यो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा साउथ साइडर्सका विजय तथा महिलामा प्राइमकी लुनिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई एमाले नेता गोकर्ण विष्ट, बास्केटबल संघका अध्यक्ष समेत रहेका राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे लगायतले पुरस्कृत गरे । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको मुख्य प्रायोजनमा असार १० गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा ८ र महिलामा ६ टिम सहभागी थिए ।