उपाधि मन शान्त गेष्ट हाउस एलाई

saudie
नेपाली ब्वाइज युथ क्लब दमामको आयोजनामा भएको प्रथम सनराइज नेपाली कार्गो गोल्ड कप २०१६ सम्पन्न भएको छ । सन राइज नेपाली कार्गो दमामको प्रायोजनमा भएको प्रथम सनराइज नेपाली कार्गो गोल्ड कप २०१६को उपाधि मन शान्त गेष्ट हाउस ११ ए रियादले हात पा¥यो ।
साउदी अरेबियाको कतिफ अल तारजी रंगशालाको फुटबल मैदानमा भएको फाइनलमा मन शान्त गेष्ट हाउस ११ एले गोर्खाली रियाद ११ लाई १–० गोल अन्तरले हराउदै पहिलो उपाधि रक्षा गर्न सफल भयो । प्रतियोगिताको तेस्रो स्थान मन शान्त गेष्ट हाउस ११ रियाद बीले हात पारको प्रतियोगिता संयोजक सुमन भटृराईले जनाए । गोर्खाली रियादका दिलिप गुरुङ बेस्ट प्लेयर चूनिए । उनले ट्रफि र प्रमाणपत्र हात पारे । प्रतियोगितामा साउदी अरब रोजगारी गर्ने नेपालीहरुको कुल २५ टिम ले सहभागिता जनाएका थिए । प्रतियोगिताका लागि टाढा बाट आउने टिम लाई निसुल्क दर्ता गरिएको थियो । साउदीमा बस्ने नेपाली माझमा भाइचार तथा नेपालीत्व गास्ने उदेश्य स्वरुप गरीएको प्रतियोगितामा साउदीका विभिन्न शहरबाट सहभागीता रहेको संयोजक भटृराईले बताए ।
त्यस्तै विजेता मन शान्त गेष्ट हाउस रियाद ११ एले ट्रफि,मेडल र नगद ७०हजार हजार हात पा¥यो । उपविजेताले गोर्खाली रियाद ११ले ट्रफि,मेडल र ४२ हजार नगद तथा तेस्रो भएको शान्त गेष्ट हाउस रियाद ११ बीले २२ हजार नगद पुरस्कार हात पा¥यो । विजेता खेलाडीलाई प्रमुख अतिथी समेत रहेका साउदीका लागि नेपाली कार्यवहाक राजदुत आनन्द प्रसाद शर्मा ,श्रम–सहचारी अम्विका प्रसाद अधिकारी, दुताबासका स्थानिय कर्मकारी मन बहादुर थापा र क्लबका अध्यक्ष विनोद पोखरेल लगायतले पुरस्कृत गरे । राजदुत शर्मा र श्रम–सहचारी अधिकारीले उपाधि विजेतालाई ट्रफि,मेडल ,प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा बोल्दै राजदुत शर्माले नेपालीले प्रबासमा गरेको खेलको आयोजनाले नेपालीहरुलाई मजबुत बनाउने र प्रवासको माध्यमबाट खेल विकाशमा मद्त पुग्ने बताए । उनले भने कुनै पनि समयमा दुताबास नेपालीहरुको उद्धार र सहयोगको लागि तयार छ । सो अवसरमा श्रम सहचारी अधिकारी र फेन्ड्स अफ नेपालका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ लगायतले नेपालको अवस्थाबारे बताए ।

Comment