नीर र गंगालाई सिंगल्स उपाधि

bad tuee
त्रिभूवन विश्वविद्यालय (टीयू) कानीरविक्रम देवकोटा र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी गंगा विष्टले प्रथम प्रधानमन्त्रीकप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनमा मंगलबार स्वर्ण जितेका छन् । सिंगल्सको पुरुषमा नीर र महिलामा गंगा च्याम्पियन बनेका हुन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको फाइनलमा नीरले टीयूकै जीवन आचार्यलाई १५–२१, २१–१५ र २१–१३ को सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा गंगाले कृषि तथा वन विज्ञान विश्वविद्यालयकी सोनिया गुरुङलाई २१–८ र २१–३ को सोझो सेटमा सहजै हराइन् ।
पुरुष डबल्समा पनि नीरले सिंगल्सका फाइनल प्रतिद्वन्द्वी जीवनसंग मिलेर स्वर्ण हात पारे । उक्त जोडीले काठामडौं विश्वविद्यालय (केयू) का रिकेश श्रेष्ठ र भूपेन्द्र गिरीको जोडीलाई २१–९ र २१–१७ को सीधा सेटमा पाखा लगाए ।
कृषिका अस्मिता सुवेदी र सोनिया गुरुङको जोडी महिला डबल्समा च्याम्पियन बने । अस्मिता र सोनियाको जोडीले सुदूरपश्चिमाञ्चलका गंगा र हेमा जोशी जोडीलाई १९–२१, २१–१३ र २१–१६ ले पन्छाए ।

Comment