त्रिभुवन विश्वविध्यालय अग्रस्थानमा

chesseप्रधानमन्त्री कप विश्व विध्यालय बुद्धिचाल प्रतियोगितामा त्रिभुवन विश्व विध्यालय पाँचौ चरणको खेल सम्पन्न हुँदा पूर्ण १० अंक सहित अग्रस्थानमा रहेको छ। चौथो चरणको खेलमा ती यूले कृषि विज्ञान विश्व विध्यालयलाई ४-० ले हराउन सफल भए भने पाँचौ चरणको खेलमा  सुदुर पश्चिमलाई ४- ०   ले नै पराजित गरे ।त्रियुका मनोज चापागाईंले नरेशपन्तलाई, संजिव कुमार चौधरीले अमित जोशीलाई हराए भने अोमकार राज थपलियाले शंकर महत र लक्ष्मीप्रसाद अोलीले देवकी पन्त माथी जीत हात पारे।
सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगितामा काठमाडौ युनिभर्सिटी 7 अंक सहित दोस्रो स्थानमा रहेका छन्।  काठमाडौले नेपाल संस्कृतलाई पाँच चरणको खेलमा ३-१ ले पराजित गर्न सफल भए। काठमाडौका उत्सव पराजुलीले चेतनाथ भट्टराई , अाषिश श्रेष्ठले देवराज दाहाल , रोशन कस्तीले प्रदिप घिमिरे र रुपेश डंगोलले रौनक अधिकारी माथि सफलता प्राप्त गरे। त्यसैगरी समान ५ अंक नै जोडेका कृषि विज्ञान तेस्रो स्थानमा छन्। पाँचौ चरणको खेलमा कृषि विज्ञान र पूर्वान्चल बीचको खेल २-२ को बराबरी भएको थियो।

 

Comment