नेपाल र भारतको महिला भलिबल टोली बिच मैत्रिपुर्ण खेल हुने पुर्व खेलाडी खड्काद्धारा १ लाख ५० हजार सहयोग

volleyballeनेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय टिमबीच मैत्रिपुर्ण दुई खेल खेल्ने भएका छन् । नेपाल भलिबल संघको आयोजनामा श्रावण १३ र १४ नेपालले भारतसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थीत कभर्डहलमा हुने खेलमा नेपाली महिला टोलीले चिरपरिचित प्रतिद्धन्द्धी भारतको राष्ट्रिय महिला टोलीसँग नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । नेपाल भलिबल सघंले बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको छ । मैत्रिपुर्ण खेलका लागि लगनखेल स्थित नेपाल आर्मीको कभर्डहलमा १७ सदस्ययी खेलाडीले प्रशिक्षण गरि रहेका छन् । गत असार ४ गतेदेखि राष्ट्रिय टोली छनोटका लागि खेलाडीको प्रशिक्षण शुरु गरीएको नेपाल भलिबल सघंले जनाएको छ । नेपाली महिला टोलीले गत बर्ष नेपालमै आयोजना भएको दक्षिण एसियाली प्रतियोगितामा उपविजेता र भारतमा भएको दक्षिण एसियाली खेलकुद(साग)मा तेस्रो स्थानमा चित्त बुझाएको थियो ।
त्यस्तै बन्द प्रशिक्षण रहेका खेलाडी तथा प्रशिक्षकको होटल ब्यवस्थापनका लागि शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व राष्ट्रिय खेलाडि रन्जन खड्काले आर्थीक सहयोग प्रदान गरे । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष खड्काले एक लाख ५० हजार बराबरको चेक नेपाल भलिबल सघंका अध्यक्ष मनोरमन रञ्जन शर्मालाई हस्तान्तरण गरे । त्यस्तै समाज सेवी तथा नेपाल भलिबल संघका पूर्व सदस्य बिनोद सुवेदी र नाशा इन्टरनेश्नल कलेजका अध्यक्ष प्रकाश थापाले पनि भलिबल खेल विकासका लागि आर्थीक सहयोग प्रदान गरे । भलिबल सघंका पुर्व सदस्य सुवेदीले २ लाख र नाशा इन्टरनेश्नल कलेजका अध्यक्ष थापाले १ लाख बराबरको चेक सघंका अध्यक्ष शर्मालाई हस्तान्तरण गरे । बेकरी क्याफे टेकुमा भएको कार्यक्रममा संघका महासचिव जितेन्द्रवहादुर चन्द,उपाध्यक्ष निरोज मास्केलगायतको उपस्थिति रहेको थियो ।

Comment