प्रथम बक्सिङ्ग रेफ्री जज रिफ्रेसर कोर्ष सम्पन्न

Manoj Shiama
14 July, 2016 8:33 pm
?
?

नेपाल बक्सिङ्ग संघको तत्वावधानमा हेटौडामा भएको दुई दिने रेफ्रि जज रिफ्रेसर सम्पन्न भएको छ । उक्त कोर्षमा काठमाण्डौं, ललितपुर, कञ्चनपुर, कैलाली र भक्तपुर लगायतबाट ३१ जना रेफ्रीहरुको सहभागीता रहेको नेपाल बक्सिङ सघंले जनाएको छ । मकवानपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा भएको कोर्षमा बक्सिङ्ग खेलमा भएको अन्र्तराष्ट्रियस्तर परिवर्तित नियम र विविध विषय जानकारी गराइएको सघंले जनाएको छ ।
कोर्षमा नेपालका वरिष्ठ बक्सिङ्ग प्रशिक्षक अनुप कुमार लामाले प्रशिक्षण दिएका थिए । दुईदिन देखि सञ्चालन भइरहेको रेफ्री जज रिफ्रेसर कोर्ष सफलताका साथ सम्पन्न भएको रेफ्री जज कोर्षका संयोजक उज्जवल भण्डारीले बताए । सो अवसरमा प्रमुख अतिथी नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, बक्सिङ्ग संघका प्रथम उपाध्यक्ष अर्जुन बहादुर के.सी., महासचिव सविन भट्टाचार्य,मकवानपुर जिल्ला खेलकुद विकास समितीका कार्यालय सचिव खुश राज दाहाल, मकवानपुर जिल्ला बक्सिङ्ग संघका संस्थापक अध्यक्ष भेष खडकी र नेपाल बुद्धिचाल संघका केन्द्रिय सचिव धर्म लामा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।