ग्रिलल्यान्ड र इनोभेटिभको विजयी सुरुआत

Manoj Shiama
16 July, 2016 11:14 am

pbbe
ग्रिनल्यानड र इनोभेटिभ इङलिस स्कुलले सातौं विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबलमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
ग्रिनल्यान्डले काठमाडौं जेभियरलाई २४–११ ले पराजित ग¥यो । विजेताका अनिश श्रेष्ठले १० अंक जोडे । अनिश महर्जनको १४ अंक सहयोगमा इनोभेटिभले विल्सन एकेडेमीलाई ६२–५४ ले हरायो ।काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा एआईएले रिब्सलाई ४३–२८, क्यारियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले ज्ञानमालालाई ३८–२१, एचएचसीएले रेडिअन्टलाई ४०–२६, गोल्डेनपिकले काठमाडौं इङलिसलाई ३४–९ तथा एलआरआईले ग्रिनविच एकेडेमीलाई २०–११ ले हराए ।
प्रतियोगिताको आयोजक प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङ र कार्यक्रम संयोजक अनन्त कुँवरले संयुक्त उद्घाटन गरे । साउन ६ गतेसम्म चल्ने प्रतियोगितामा ३२ टिम सहभागी छन् ।