नबीतालाई पिपुल्स च्वाइस अवार्ड

Manoj Shiama
21 July, 2016 9:36 pm

nabita tte
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ अन्तरगत पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसकी नबीता श्रेष्ठले जितेकी छिन् ।नेपाली टेबलटेनिसमा सात बर्षयता अपराजित खेलाडी नविता श्रेष्ठ लगातार पाचौंपल्ट राष्ट्रिय च्याम्पियन भएकी उनले १२ औं सागमा एलिना महर्जनसंग मिलेर वुमेन्स डबल्समा नेपाललाई कांस्यपदक दिलाएकी थिइन् ।
क्वाललम्पुरमा भएको विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा ५९ औं वरीयताको इस्टोनिया र पाकिस्तानमाथि नेपाले हात पारेको जितमा उनकै प्रदर्शन मुख्य थियो । त्यसमा उनले २—२ खेल जितेकी थिइन् । कंगो र अल्जेरियास“ग नेपाल हारेको खेलमा पनि उनले १—१ खेल जितेकी थिइन् । चीनमा भएको विश्व टेबलटेनिस च्याम्पियनसिपको वुमेन्स सिंगल्समा पनि उनले भेनेजुएला र पाकिस्तानी खेलाडीलाई पराजित गरेकी थिइन् । दक्षिण कोरियामा सम्पन्न २८ औं युनिभर्सियाड गेम्समा अल्जेरिया सिएरा लियोनका खेलाडीलाई पन्छाउदै उनले नकआउट चरणको यात्रा तय गरेकी थिइन् । उनी ठूलै फड्को मार्दै विश्व वरीयतामा ४ सय २९ औं स्थनमा पुगेकी छन् ।

२०७२ सालमै भएको वश्व टिम टेबल च्याम्पिनिसीपमा उनले २—२ जित निकालेपछि नेपालले ५९ औँ वरीयताको इस्टोनिया र पाकिस्तानलाई हराएको । कंगो र अल्जेरियासँग पनि १–१ जित हात पारेकी थिइन् । विश्व टेबल टेनिस च्याम्पियन्सीपको वुमेन्स सिंगल्समा भेनेजुयला र श्रीलङ्काली खेलाडीलाई हराएको
२८ औं समर युनिभर्सियाड गेम्समा अल्जेरिया र सिएरा लियोनका खेलाडीलाई हराएर नकआउट चरण पुगेकी उनी विश्व वरीयतामा छलाङ मार्दै ४ सय २३ औँ स्थानमा उक्लिएकी हुन् ।