नवयुग उत्कृष्ट पुरुष खेलाडी
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ अन्तरगत उत्कृष्ट पुरुष खेलाडीको अवार्ड फुटबलका नवयुग श्रेष्ठले जितेकी छिन् । राष्ट्रिय टिमले ढाकामा भएको बंगबन्धु गोल्डकप जित्दै राष्ट्रिय टिमको उपाधिको खडेरीलाई २३ बर्षमा टुंग्याएको थियो । नेपाली टिमले दक्षिण एसियाली खेलकुदमा पनि २३ बर्षपछि नै स्वर्णपदक जित्दाको हिरो नवयुग श्रेष्ठ गएको घरेलुलगमा सर्बाधिक १४ गोल गरेका थिए । बंगबन्धुको सेमिफाइनलमा माल्दिभ्ससंग ह्याट्रिक र गरेका उनले फाइनलमा बहराइन यू २३ विरुद्ध ३—० को जितमा पनि एक गोल गरेका थिए । यसमा उनी सर्बोत्कृष्ट खेलाडी र सर्बाधिक गोलकर्ता भए ।
गुवहाटीमा भएको १२ औं सागमा समूह चरणमा भुटान र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक तथा फाइनलमा भारतस“ग निर्णायक गोल गरेका थिए ।