नेपाल ‘बी’ सेमिफाइनलमा

Manoj Shiama
23 July, 2016 10:19 pm

vetran tte
नेपाल ‘बी’प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल‘बी’ ले बंगलादेश र भारत ‘बी’लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह‘बी’को विजेता बन्यो । यो समूहबाट बंगलादेशले भारत ‘बी’लाई ३–१ ले हराउदै उपविजेताका रुपमा सेमिफाइनल पुग्न सफल भयो । त्यस्तै समूह ‘ए’बाटभारत ‘ए’विजेता र माल्दिभ्स उपविजेताहुँदै सेमिफाइनलमा स्थान बनाउन सफल रहे । भारत ‘ए’ ले भारत ‘सी’, माल्दिभ्स र नेपाल ‘ए’विरुद्ध समान ३–० को जितदर्ता ग¥यो । माल्दिभ्सले नेपाल ‘ए’लाई ३–० तथाभारत ‘सी’लाई ३–१ ले पाखा लगायो ।
नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० वर्षमाथि टिम इभेन्टको समूह ‘ए’बाट भारत ‘ए’विजेतातथा नेपाल‘बी’उपविजेताका रुपमा अन्तिम चारमा पुगे । समूह‘बी’बाट नेपाल ‘ए’विजेता र भारत ‘सी’उपविजेताबन्दै सेमिफाइनल यात्रा तय गरे ।
भारत ‘ए’ ले भारत ‘बी’, नेपाल‘बी’ र पाकिस्तानलाई समान ३–० ले पन्छायो । नेपाल‘बी’ ले भारत ‘बी’लाई ३–० तथा पाकिस्तानलाई ३–२ ले निराश बनायो ।
त्यसैगरी, नेपाल‘ए’ ले भारत ‘बी’लाई ३–१, माल्दिभ्सलाई ३–० तथाभारत ‘सी’लाई ३–१ ले पराजित ग¥यो । भारत ‘सी’ ले भारत ‘बी’लाई ३–२ तथा माल्दिभ्सलाई ३–० ले हरायो । तीनदिने प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।