युनाइटेडको दोश्रो शाखा

dikshae
युनाइटेड फिट्नेस डान्स स्टुडियोले आफ्नो दोश्रो शाखा सञ्चालन गरेको छ । ज्ञानेश्वरमा खोलिएको दोश्रो शाखाको पवित्र समाजकी अध्यक्ष दीक्षा चापागाईं, बुढानीलकण्ठ नगर खेलकुद विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठ र नेपाल सितोरियो कराते डो संघ, उत्तरी शाखा प्रमुखका अध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त उद्घाटन गरे ।
करिब १० लाखको लगानीमा कृष्ण सुब्बा, दिलिप साउद, रोहित राई, नम्रता नेम्वाङ र बविता तुम्बाहाम्फेले फिट्नेस सञ्चालन गरेका हुन् । युनाइटेडको पहिला शाखा चपलीमा रहेको छ भने मुख्यालय बौद्धमा छ ।

Comment