ईश्वर र गणेश सेमिफाइनलमा

Manoj Shiama
31 July, 2016 10:49 am

नेपाल आर्मीका ईश्वर राउत र नक्सालका गणेश थापा प्रथम अन्तरक्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष ५६ केजीमा ईश्वरले काठमाडौं क्लबका वीरबहादुर रानालाई टेक्निकल नकआउट (टीकेओ) तथा गणेशले ललितपुरका दिपेश केसीलाई अंक आधारमा पराजित गरे । सोही तौलसमूहमा नक्सालका सुदीप लामाले ललितपुरका राजु कार्कीलाई टीकेओका आधारमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको ६० केजीमा नक्सालका किशोर शर्माले एपीएफका वेदकुमार तामाङ, आर्मीका कर्ण ओलीले ललितपुरका जोनिश राई तथा नक्सालका युवराज कार्कीले आर्मीका लीला रायमाझीलाई हराउदै सेमिफाइनल यात्रा तय गरे ।