लपु उपत्यकाव्यापी पौडी हुने
Manoj Shiama
3 August, 2016 7:48 pm
ललितपुर जिल्ला पौडी संघको आयोजनामा दोश्रो ललितपुर उपत्यकाव्यापी अन्तरविद्यालय पौडी प्रतियोगिता भदौ ३० गते हुने भएको छ ।
विभिन्न १६ विद्यालयका करिब १ सय ५२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजक संघकी सचिव जेनिफर लामाले जानकारी गराइन् । मिक्स रिलेसहित विभिन्न ३३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष मुकुन्द शर्माले जानकारी गराए ।
एकदिने प्रतियोगिताका खेलहरु इमोडोल पौडी पोखरीमा हुनेछ । पहिलो संस्करणको उपाधि लिटिल एन्जल्स (एलए) स्कुलले जितेको थियो ।