खेलकुद मन्त्री श्रीपालीद्वारा पदवहाली
Manoj Shiama
5 August, 2016 10:09 am
नवनियुक्त युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले बिहीबारै पदवहाली गरेका छन् । पदवहाली गुर्नअघि मन्त्री श्रीपालीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य–सचिव गंगाबहादुर थापा, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, सह–सचिव चूडामणि पौडेल, राखेप प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।
पदवहालीपछि मन्त्री श्रीपालीले सम्बन्धित पक्षबाट मित्रवत सहयात्राको अपेक्षा गरेको बताउदै खेलकुद र युवाको क्षेत्रमा सबैको सहयोगबाट नयाँ सन्देश दिने खाल्का कार्य गर्ने बताए ।