मन्त्री श्रीपालीको स्वागत
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलाई ने.क.पा. माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल खेलकुद महासंघले सिंहदरबारमा बधाई तथा शुभकामना प्रदान गरेको छ । उक्त कार्यक्रममा ने.क.पा. माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा खेलकुद फ्याक्सन ईन्चार्ज लिला बहादुर थापा र खेलकुद विभाग प्रमुख तथा महासंघका नेता शिव कोइराला “ज्वाला” लगायत सम्पूर्ण पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा १००औं खेलाडीहरुले सामूहिक रुपमा युवा तथा खेलकुद मन्त्रीलाई कार्यकालको शुभकामना र निरन्तर सहयोगको प्रतिवद्धता जनाएका थिए ।
उक्त समारोहमा खेलकुद फ्याक्सन ईन्चार्ज लिला बहादुर थापाले खेलकुद विकासको बाधक ऐन परिवर्तन गर्ने र सबै खेलकर्मीहरुलाई राजनितिक पूर्वाग्रह विना समान रुपमा अगाडि बढाउने आशय व्यक्त गरे । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले महासंघसँगको सहकार्यमा खेलकुद क्षेत्रमा लगाइएका नक्कली तालाहरु तोड्दै खेलकुद विकासमा ऐतिहासिक भूमिका निर्वाह गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।