मन्सुन मिटमा एचएचसीए र रिलायन्स च्याम्पियन

mansoon meete

हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र रिलायन्स रेसिडेन्सियल स्कुलले श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ब्वाइजमा एचएचसीए तथा गल्र्समा रिलायन्स च्याम्पियन बने । प्रतियोगिताभर दुवै अपराजित रहे ।
हाँडीगाउँस्थित आयोजक श्रीदिवा इन्टरनेसनल स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा एचएचसीएले श्रीदिवालाई ४८–२५ ले पराजित ग¥यो । एचएचसीएको जितमा विशाल राईले १२ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १९–४ र दोश्रोमा १३–३ को अग्रता बनाउदै एचएचसीएले जितको आधार खडा गरेको थियो । एचएचसीए तेश्रोमा १२–१३ र चौथोमा ४–५ ले पछि प¥यो ।
गल्र्सको उपाधि भिडन्तमा रिलायन्स इनोभेटिभ इङलिस स्कुललाई ४६–३४ ले हरायो । रिलायन्सकी रिना भण्डारीले १४ अंक जोडिन् ।
रिलायन्सले पहिलो क्वाटरमा १८–१० र दोश्रोमा ११–६ स्कोर ग¥यो । तेश्रोमा रिलायन्स ८–१३ ले पछि प¥यो भने चौथोमा पुनः ९–५ को अग्रता हासिल ग¥यो ।
प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय विशाल र रिना आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई श्रीदिवाका प्रिन्सिपल प्रवीण मोक्तान, इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवर, रिलायन्सकी प्रिन्सिपल अनिता गुरुङ, एचएचसीएका संस्थापक कुलरत्न राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साउन १३ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment