डिफेण्डिङ च्याम्पियन एबीसी ए र सानोगौचरण सेमिफाइनलमा

Manoj Shiama
12 December, 2014 7:26 am

पोखरा
डिफेण्डिङ च्याम्पियन एबीसी ए र नाइट किड्ड सानो गौचरण बगर भाइखलक कास्की, नेपालको आयोजनामा पोखरामा ४० वर्षमाथिका खेलाडीको लागि चौथो एस.ओ.एस. ग्रुप बगर भाइखलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
पुरानो टुँडिखेलस्थित राष्ट्रिय उमाविको खेल मैदानमा बिहीबार भएको पहिलो कवाटरफाइनलमा नाइट किड्ड सानो गौचरण काठमाडौंले गार्डेन एफसीलाई २–० ले पराजित ग¥यो। नाइट किड्डको लागि दुवै गोल म्यान अफ दी म्याच आकाश गुरुङले गरेका थिए।
दोस्रो क्वाटरफाइनलमा  एबीसी एले चौघडा एफसी हेटौंडालाई ४–१ ले पराजित ग¥यो। एबीसी ए को जीतमा म्यान अफ दी म्याच हरि खड्काले दुई तथा जिवाराम श्रेष्ठ र मोहन गुरुङले एक–एक गोल गरेका थिए।चौघडाको तर्फबाट अजय मानन्धरले सान्त्वना गोल फर्काएका थिए।
यसअघि भएको खेलमा सिभिल एमवाईसी काठमाडौंले एबीसी बी लाई ३–० ले पराजित ग¥यो। सिभिलको जीतमा म्यान अफ दी म्याच चेतनारायण श्रेष्ठ, पूर्व राष्ट्रिय टीम कप्तान उपेन्द्रमान सिंह  र अनिल राजभण्डारीले एक–एक गोल गरेका थिए।दोस्रो खेलमा क्लब मोसिस काठमाडौंले दीप युनाइटेड पोखरालाई टाइब्रेकरमा ३–१ ले पन्छायो। निर्धारित समयमा दीप युनाइटेडको लागि लाल खत्री र क्लब मोसिसको लागि म्यान अफ दी म्याच सविन शाक्यले एक–एक गोल गरेका थिए। दीप युनाइटेडका हरि गुरुङले पेनाल्टी मिस गरेका थिए।
तेस्रो खेलमा प्रसिद्ध अभिनेता धीरेन शाक्यको फोर्टी प्लस काठमाडौंले बगर भाइखलक फोर्टी प्लसलाई ५–१ ले पाखा लगायो। धीरेन शाक्य स्वयं मैदानमा उत्रिएको सो खेलमा फोर्टी प्लस काठमाडौंको लागि म्यान अफ दी म्याच किरण महर्जनले प्रतियोगिताकै दोस्रो ह्याट्रिक गरे भने सुदीप केसीले दुई गोल गरेका थिए। बगर भाइखलका फोर्टी प्लसको तर्फबाट मात्र एक गोल धनबहादुर गुरुङले गरेको खगेन्द्र गुरुङले जानकारी दिए।
शुक्रबार बिहान नौ बजे फोर्टी प्लस काठमाडौं र क्लब मोसिस काठमडौंबीच तेस्रो क्वाटर तथा बगर भाइखलक फिÇटी प्लस र सिभिल एमवाईसी काठमाडौंबीच १० बजे चौथो क्वबाटरफाइनल हुनेछ भने दिउँसो सेमिफाइनल खेल हुने प्रचार–प्रसार उपसमितिका संयोजक मनकाजी गुरुङले जानकारी दिए।
मङ्सिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंका चार, हेटौंडाको एक तथा स्थानीय गरी करिब १४ टीमले सहभागिता रहेको छ।
प्रतियोगितामा विजेता टीमलाई ४४ हजार चार सय ४४ तथा उपविजेता टीमलाई नगद ३३ हजार तीन सय ३३, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याच, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार तथा प्रतियोगितामा सहभागीमध्ये ज्येष्ठ खेलाडीलाई सम्मान गरिने छ।