कर्मचारी संघद्वारा मन्त्री श्रीपालीलाई बधाइ

Manoj Shiama
7 August, 2016 11:12 pm

karmacharie
नवनियुक्त युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीलाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले आइतबार बधाइज्ञापन गरेको छ ।
कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको कर्मचारी संघको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रीपालीलाई भेटेर मन्त्री नियुक्त भएकोमा बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।
सो अवसरमा मन्त्री श्रीपालीले सामूहिक प्रयासले खेलकुदमा रहेका समस्या सुल्झाउन सकिने बताउदै नीति र विधीमा रहेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उलने समय सापेक्ष खेलकुदको ऐन÷नियमलाई परिमार्जन गर्न सके खेलकुदको विकासमा नयाँ आयाम थप्न सकिने विचार व्यक्त गर्दै छोटो अवधिमा पनि नयाँ सन्देश दिएर सफलता हासिल गर्ने योजना रहेको बताए ।मन्त्री श्रीपालीले खेलकुदलाई अस्तव्यस्त पार्ने खाल्का घटनालाई ध्यान नदिने प्रतिबद्धता व्यक्त गरे ।
‘मन्त्री माओवादीबाट आएको छ । सदस्य–सचिव, युवा परिषद् र अन्य क्षेत्रमा अर्कै छ । के हुने हो भन्ने सबैलाई लागेको होला ।’ मन्त्री श्रीपालीले भने– ‘विगतमा मैले केहि घटना देखेको छु । खेलकुदलाई अस्तव्यस्त पार्ने घटनालाई म ध्यान दिन्न ।’‘सदस्य–सचिव अहिले ओलम्पिकका लागि खेलाडीको अभिभावाक भएर ब्राजिल जानु भा छ । उहाँ खेलाडीसंगै आउनु पर्छ । स्वागत गर्न हतार गरेर फर्किनु पर्दैन । तपाईंहरु मार्फत यो सन्देश सदस्य–सचिव समक्ष पु¥याइ दिनु होला ।’ मन्त्री श्रीपालीले भने ।
कर्मचारी संघका अध्यक्ष थापाले मन्त्री श्रीपालीको कार्यकालमा खेलकुदले फड्को मार्ने विश्वास व्यक्त गर्दै मुलुकमा ठूलो परिवर्तन भएपनि त्यसको अनुभूति खेलकुदमा गर्न नपाइएको विचार व्यक्त गरे ।