राष्ट्रिय गोजुरियो टोली क्वालालम्पुर जाने

karate geप्रथम एसियाली प्यासिफिक गोजुरियो कराते तथा पाँचौं एजीकेएफ च्याम्पियनसिपमा सहभागी हुन राष्ट्रिय गोजुरियो कराते डो संघ नेपालको टोली मंगलबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ । आठ पुरुष खेलाडीसहित टोली १५ सदस्यीय रहेको छ ।
सिनियरतर्फ फुर्वासिंह तामाङले ५० केजी, लालबहादुर रानाले ८४ केजीमाथि, प्रकाश राईले ५५ केजीमाथि, रमेश डाँगीले ६५ केजीमाथि, पदमनारायण श्रेष्ठले ६० केजीमाथि, अंकध्वज परियारले ६७ केजी तथा विजय लामाले ७० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । जुनियर ५० केजीमा सन्देश लामाले खेल्ने छन् ।
टोली नेतामा संघका अध्यक्ष गणेश कार्की, प्रशिक्षकमा रामचन्द्र सुवेदी, व्यवस्थापकमा विजयराज पन्त, अफिसियलमा यज्ञराज कार्की तथा निर्णायकमा प्रकाशकुमार चन्द र रवि शाही रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता अगष्ट ११ देखि १४ तारिखसम्म सञ्चालन हुनेछ ।

Comment