सरस्वतीले जापानमा प्रशिक्षण लिने
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी सरस्वती चौधरीले जापानमा एकमहिने भलिबल प्रशिक्षण लिने भएकी छन् । उनले जापानको तुसुकुवा युनिभर्सिटीमा प्रशिक्षण लिने छिन् । जापानका भलिबल प्रशिक्षक सुन्जीयाना गिता, शसस्त्र प्रहरी महानिरिक्षक दुर्ज कुमार राई र नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी देवनारायण चौधरीको पहलमा सरस्वतीले उक्त अवसर प्राप्त गरेकी हुन । सरस्वती विभागीय टोली एपीएफ क्लबकी पहिलो रोजाईकी खेलाडी हुन । प्रशिक्षणका लागि सरस्वती आईतबार जापान प्रस्थान गरेकी छन् । उनको प्रशिक्षण आगामी सेप्टेम्बर १५ सम्म चल्नेछ । सरस्वतीलाई जापान जाने, बस्ने र प्रशिक्षणका क्रममा लाग्ने सम्पूर्ण खर्च जापानी प्रशिक्षकले बेहोर्नेछन् । त्यसको साथै देवनारयणले समेत उनलाई सहयोग गर्नेछन् ।