पहिरोपीडीतलाई सहयोग
करातेकर्मी सुस्मिता तामाङले पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई आर्थीक सहयोग प्रदान गरेकी छिन् । तामाङले आफुलाई सञ्चालन गरेको सुस्मिता फाउन्डेसन मार्फत ताप्लेजुङको डोखुस्थीत पानिट्याकींको पहिरोमा दुई छोराछोरी गुमाएको परिवारलाई तीन लाख ४५ हजार ५५०सहयोग गरेको जनाइएको छ । अल्ट्रा धावक सन्तोष तामाङ र कराते खेलाडी सुस्मीताले ताप्लेजुङका मान बहादुर तामाङलाई एक कार्यक्रमका विच आर्थीक सहयोग हस्तान्तरण गरेका थिए ।