वल्र्ड च्याम्पियनसिपको लागि सोतोकान खेलाडी छानिए

Manoj Shiama
17 August, 2016 11:44 am

बुल्गेरियाको बरगास सिटीमा आयोजना हुने २४ औं सोतोकान कराते वल्र्ड च्याम्पियनसिपमा सहभागिताको लागि नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) खेलाडी छनोट गरेको छ । संघका प्रमुख प्रशिक्षक एवं महासचिव धिर्जेमान तामाङ र बरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठको उपस्थितीमा भएको छनोट प्रतियोगिताबाट ४० केजीमा आदर्श विक्रम थापा, ५० केजीमा यम बहादुर तामाङ्ग, ५५ केजीमा सुमन वाईवा, ६० केजीमा निरज महर्जन, ७० केजीमा रोशन मगर र महिला ५५ केजीमा गीता सुनुवार छनोट भएका छन् । यस्तै टिम प्रशिक्षकमा बरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठलाई चयन गरिएको संघका सचिव एवं प्रमुख प्रशिक्षक धिर्जेमान तामाङ्गले जानकारी गराएका छन् ।