प्रणव र संरक्षक यु–१६ उपाधिका लागि भिड्ने

Manoj Shiama
20 August, 2016 7:13 pm

pranav khanaleसेन्ट जेभियर्सका प्रणव खनाल र शुभताराका संरक्षकभूषण वज्राचार्यले नवौं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्सको उपाधि भिडन्त शनिबार पक्का गरेका छन् ।
लिटिल एन्जल्स (एलए) स्कुलद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा प्रणवले एलएका अभिनव आचार्यलाई ६–२ र ६–१ तथा संरक्षकले युलेन्सका आर्यन गिरीलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन् ।गल्र्स डबल्समा द ब्रिटिस स्कुलका दुई जुम्ल्याहा दिदीबहिनीको जोडी उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा एनी र क्याथ्रिन माथेमाको जोडीले एलएका ओशिन राई र सिकुम लिम्बूको जोडीलाई ६–० र ६–० तथा मायांका र माहिका राणाको जोडीले सेन्ट जेभियर्सका अभिलाषा विष्ट र इशाश्री शाहको जोडीलाई ६–० र ६–४ को सीधा सेटमा हराए ।
उक्त स्पर्धाको ब्वाइजमा एलएका विशेषप्रसाद जोशी र अभिनव आचार्य, एलएका स्वराज केसी र पीयूश सिंह, नेपाल प्रहरी स्कुलका छविलाल रावत र विनय बतास तथा शुभताराका दाई संरक्षकभूषण वज्राचार्य र भाई सम्यकभूषण वज्राचार्यको जोडी सेमिफाइनलमा स्थान बनाउन सफल रहे ।यु–१४ ब्वाइज सिंगल्समा युलेन्सका आर्यन गिरीले शुभताराका सम्यकभूषण वज्राचार्यलाई ७–६ र ६–१, प्रहरीका प्रमोद बुढाथोकीले प्रहरीकै छविलाल रावतलाई १–६, ६–२ र १०–१, सेन्ट जेभियर्सका अदित सुवेदीले प्रहरीका विनय बतासलाई ६–१ र ६–२ तथा काष्ठमण्डपका सहर्ष चन्दले एलएका स्वराज केसीलाई ६–४, २–६ र ११–९ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सोही स्पर्धाको गल्र्समा पेनउडकी इरा रावत, सेन्ट जेभियर्सकी अभिलाषा विष्ट, एलएकी सलोनी तामाङ तथा आइडियलकी प्रेरणा कोइराला सेमिफाइनलमा पुगे ।यु–१२ ब्वाइज सिंगल्समा सेन्ट जेभियर्सका अदित सुवेदी, प्रहरीका निश्चल अधिकारी, पेनउडका अकी जुवेन रावत तथा अक्षराका आदित्य सुवेदीले सेमिफाइनलमा यात्रा तय गरे ।