बालाजु एकेडेमी च्याम्पियन
बालाजु एकेडेमीले चौथो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बालाजुले ९ स्वर्ण, ४ रजत र १० कांस्य जित्यो ।नेपाल रेन्बुकाइ कराते डो संघ, महांकाल डोजोद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, २ रजत र २ कांस्यसाथ मनमैजु डोजो दोश्रो भयो । तेश्रो स्थानको वादोकाइ करातेले ३ स्वर्ण, ३ रजत र ६ कांस्य हात पा¥यो ।
कपनस्थित लिटिल मुन स्कुलमा भएको प्रतियोगिताको पुरुषमा महांकालका रोशन गुरुङ तथा महिलामा वादोकाइकी अनिता विक उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठका अध्यक्ष बालकृष्ण श्रेष्ठ, बुढानीलकण्ठ नगर खेलकुद विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल रेन्बुकाइ कराते डो संघका केन्द्रीय अध्यक्ष रेशमलाल लामालगायतले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ३ सय ३४ खेलाडी एकल कातासहित विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।