क्योकुसिनमा गौचनको निरन्तरता

gagat gauchane
नेपाल क्योकुसिन कराते डो संघको चुनावी साधारणसभाले संस्थापक जगतप्रसाद गौचनलाई अध्यक्षमा निरन्तरता दिदै १८ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा पुष्पमान मानन्धर र रामजीप्रसाद वज्राचार्य, महासचिवमा रविन्द्र महर्जन, सचिवमा विकास महर्जन तथा कोषाध्यक्षमा आश्मान तामाङ रहेका छन् ।
मीनबहादुर शाही, अम्बरबहादुर राई, सुरज थापा, गुन्जबहादुर राई, भीमदेव कार्की, राजकुमार श्रेष्ठ, राजकुमार लामा, प्रभाकर महर्जन, हिपेश भारती, सन्जित रोका, धनसुर शाही तथा श्याम महर्जन सदस्यमा चयन भए ।नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाणपत्र विरतरण गुर्नका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराए । यसअघि साधारणसभाको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

Comment