राणा जुम्ल्यहालाई उपाधि

Manoj Shiama
23 August, 2016 8:55 am

rana upadhie
द ब्रिटिस स्कुलका जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडीले नवौं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको गल्र्स डबल्स उपाधि सोमबार जितेका छन् । हातीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) स्कुलको कोर्टमा भएको फाइनलमा उक्त जोडीले फाइनलमा अर्का जुम्ल्याहा दिदीबहिनी ब्रिटिसकै एनी र क्याथ्रिन माथेमाको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।
उक्त स्पर्धाको ब्वाइजमा दाइ संरक्षकभूषण र भाइ सम्यकभूषण वज्राचार्यको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा नेपाल प्रहरी स्कुलका छविलाल रावत र विनय बतासको जोडीलाई ६–३ र ६–१ को सीधा सेटमा हराए । यु–१६ गल्र्स सिंगल्समा ब्रिटिसकी एनीले ब्रिटिसकै माहिकालाई ६–४ र ७–५ तथा ब्रिटिसकी मायांकाले पेनउडकी इरा रावतलाई ४–६, ७–५ र १०–८ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।
यु–१२ गल्र्स सिंगल्समा एलएकी सलोनी तामाङले विद्यासंस्कारकी रायना शाहलाई ६–३ र ६–१ ले निराश पार्दै फाइनलमा स्थान बनाइन् । यु–१० गल्र्स सिंगल्समा एलएकी शुभाङ्गीलक्ष्मी शाहले सेन्ट मेरिजकी इभा अधिकारीलाई ८–१ ले पन्छ्याउदै फाइनल यात्रा तय गरिन् ।
यु–१४ ब्वाइज सिंगल्समा युलेन्सका आर्यन गिरीले प्रहरीका प्रमोद बुढाथोकीलाई ६–१ र ६–० तथा सेन्ट जेभियर्सका अदित सुवेदीले काष्ठमण्डपका सहर्ष चन्दलाई ६–३ र ६–१ ले हराउदै फाइनलमा स्थान पक्का गरे ।
यु–१० ब्वाइज सिंगल्समा पेनउडका अकी जुवेन रावत, प्रहरीका सरोज लामा, सेन्ट जेभियर्सका आरभसम्राट हाडा तथा एलएका सक्षमविक्रम शाह सेमिफाइनलमा पुगे ।