संरक्षक र मायांका च्याम्पियन

Manoj Shiama
23 August, 2016 7:13 pm

isha shreed
शुभताराका संरक्षकभूषण वज्राचार्य र द ब्रिटिस स्कुलकी मायांका राणा नवौं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा मंगलबार च्याम्पियन बनेका छन् ।हातीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) को कोर्टमा भएको ब्वाइज फाइनलमा संरक्षकले सेन्ट जेभियर्सका प्रणव खनाललाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे । एलएका अभिनव आचार्य र नेपाल प्रहरी स्कुलका प्रमोद बुढाथोकी तेश्रो भए ।
गल्र्सको उपाधि भिडन्तमा मायांकाले ब्रिटिसकै एनी माथेमालाई ७–६ र ६–३ को सोझो सेटमा हराइन् । ब्रिटिसकी माहिका राणा र पेनउडकी इरा रावत संयुक्त रुपमा तेश्रो भए ।सेन्ट जेभियर्सका अदित सुवेदीले फाइनलमा पेनउडका अकी जुवेन रावतलाई ६–१ र ६–० को सीधा सेटमा निराश पार्दै यु–१२ ब्वाइज सिंगल्स उपाधि जिते । प्रहरीका निश्चल अधिकारी र अक्षराका आदित्य सुवेदी तेश्रो भए ।
सो स्पर्धाको गल्र्समा एलएकी सलोनी तामाङले बाजी मारिन् । फाइनलमा सलोनीले सेन्ट जेभियर्सकी इशाश्री शाहलाई ६–१ र ६–२ ले पन्छाइन् । विद्यासंस्कारकी रायना शाह र एलएकी शुभाङ्गीलक्ष्मी शाह तेश्रो स्थानमा रहे । इशाश्रीले मंगलबारै सेमिफाइनलमा एलएकी शुभाङ्गीलक्ष्मी शाहलाई ६–१ र ६–२ ले हराउदै सलोनीसंग फाइनल भेट पक्का गरेकी थिइन् ।
एलएकी शुभाङ्गी शाह यु–१० गल्र्स सिंगल्समा च्याम्पियन बनिन् । शुभाङ्गीले फाइनलमा काष्ठमण्डपकी अजा रेग्मीलाई ८–२ ले पाखा लगाइन् । सेन्ट मेरिजकी इभा अधिकारी र जोन डेवीकी आइशा डोल्कर गुरुङ तेश्रो बने ।यु–१० ब्वाइज सिंगल्समा सेन्ट जेभियर्सका आरभसम्राट हाडा र पेनउडका अकी जुवेन रावत उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा आरभले प्रहरीका सरोज लामालाई ८–२ तथा अकीले अक्षराका आदित्य सुवेदीलाई ८–० ले पराजित गरे । प्रतियोगिताको अन्तिम दिन बुधबार यु–१० ब्वाइज तथा यु–१४ ब्वाइज÷गल्र्स सिंगल्सको फाइनल हुनेछ ।