सेन्ट जेभियर्सको ह्याट्रिक

Manoj Shiama
25 August, 2016 9:19 am

st xaviere
सेन्ट जेभियर्स स्कुलले नवौं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि बुधबार जितेको छ । हातीवनस्थित लिटिल एन्जल्स (एलए) स्कुलद्वारा आयोजित प्रतियोगितामा सेन्ट जेभियर्सले सर्वाधिक ५४ अंक जोड्दै लगातार तेश्रोपटक च्याम्पियन बन्यो । ५१ अंकसाथ आयोजक एलए दोश्रो भयो भने तेश्रो स्थानमा चित्त बुझाएको द ब्रिटिस स्कुलले ३८ अंक बटुल्यो ।
प्रतियोगिताको अन्तिम दिन भएको यु–१४ सिंगल्सको ब्वाइजमा सेन्ट जेभियर्सका अदित सुवेदी तथा गल्र्समा पेनउड एकेडेमीकी इरा रावत पहिलो भए ।
अदितले फाइनलमा युलेन्सका आर्यन गिरीलाई २–६, ६–२ र १०–८ ले पराजित गरे । नेपाल प्रहरी स्कुलका प्रमोद बुढाथोकी र काष्ठमण्डपका सहर्ष चन्द संयुक्त रुपमा तेश्रो भए ।
गल्र्सको उपाधि भिडन्तमा इराले आइडियल इङलिस स्कुलकी प्रेरणा कोइरालालाई ६–०, ३–६ र १०–५ ले हराइन् । एलएकी सलोनी तामाङ र सेन्ट जेभियर्सकी अभिलाषा विष्ट तेश्रो बने ।
पेनउडका अकी जुवेन रावत यु–१० ब्वाइज सिंगल्समा च्याम्पियन बने । उनले फाइनलमा सेन्ट जेभियर्सका आरभसम्राट हाडालाई ८–० ले पाखा लगाए । प्रहरीका सरोज लामा र अक्षराका आदित्य सुवेदी तेश्रो स्थानमा रहे ।
विजेतालाई एलए व्यवस्थापन समितिका अध्यक्ष पीबी लिम्बू, एलएकी संस्थापक निर्देशक विद्या लिम्बू, अखिल नेपाल लनटेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, एलएका प्रिन्सिपल मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
भदौ १ गतेदेखि सुरु प्रतियोगितामा विभिन्न ३४ विद्यालयका १ सय ११ ब्वाइज र ९३ गल्र्स गरी जम्मा २ सय ४ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।