एलिसा र कृपा सेमिफाइनलमा

Manoj Shiama
26 August, 2016 7:07 pm

uma kongfue
काठमाडौंकाद्वय एलिसा मगर र कृपा पौडेल दोश्रो राष्ट्रिय उमा कुङफु प्रतियोगिताको किक बक्सिङतर्फ महिला २०–२५ केजी तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बसुन्धाराचौकीस्थित ऋत एकेडेमीमा भएको खेलमा एलिसाले सोलुखुम्बुकी एन्जिला गुरुङ तथा कृपाले काठमाडौंकै रिचा श्रेष्ठलाई पराजित गरे । सोही तौलसमूहमा झापाकी कृपा राईले काठमाडौंकी भृकुटि प्रधान तथा नुवाकोटकी संग्रया गुरुङले नुवाकोटकै समिता तामाङलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
नेपाल उमा कुङफु संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ३०–३५ केजीमा सोलुखुम्बुका सुनबहादुर तामाङले काठमाडौंका छोइङ थिङ, मकवानपुरका मिलन तामाङले गोर्खाका अमर गुरुङ तथा काठमाडौंका विकास लामाले बाँकेका अनन्त पौडेललाई पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
प्रतियोगताको नेपाल उसु संघका अध्यक्ष दीपक सरकारले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ३५ जिल्लाका ३ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । किक बक्सिङतर्फ पुरुष÷महिलामा ८–८ गरी १६ स्वर्ण तथा ट्रेडिसनल प्याटर्नमा पुरुष÷महलिातर्फ २–२ गरी ४ स्वर्णका लागि भिडन्त भइरहेको छ ।