ऋषिराम पहिलो
ओलम्पियन ऋषिराम प्रधान प्रथम नेकोस अल नेपाल भेट्रान्स जुडो च्याम्पियनसिपको समूह ‘इ’ मा शनिबार पहिलो भएका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको फाइनलमा ऋषिले दीपककृष्ण श्रेष्ठलाई पराजित गरे ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको समूह ‘ए’ मा खड्गबहादुर दाहाल पहिलो भए । उनले चन्द्र डंगोललाई फाइनलमा हराए ।
त्यस्तै समूह ‘बी’ मा जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितले पदमबहादुर बुढाथोकी, समूह ‘सी’ मा सूर्यनारायण श्रेष्ठले इन्द्र डंगोल, समूह ‘डि’ मा काजी शेर्पाले कोमललाल श्रेष्ठ तथा समूह ‘एफ’ मा वीरबहादुर रानाले नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठलाई फाइनलमा पाखा लगाउदै पहिलो स्थान कब्जा गरे ।
विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री एवं नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २३ प्रतिस्पर्धी सहभागी थिए । सहभागीलाई विभिन्न ६ समूहमा विभाजन गरी खेल खेलाइएको थियो ।