ओलम्पियाड टोलीको विदाइ
आगामी सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरवैजानको बाकु शहरमा आयोजना हुने ४२ औं चेस ओलम्पियाडमा नेपालको तर्फबाट सहभागी खेलाडीलाई मंगलबार विदाइ गरियो । यसपटकको बाकु ओलम्पियाडमा खुल्लातर्फ १ सय ८० तथा महिलातर्फ १ सय ४१ देशको सहभागीता सहभागिता रहने छ ।
बाकु ओलम्पियाड नेपालको छैटौं सहभागीता हो । हालसम्म नेपालले ओलम्पियाड सहभागीताबाट टिमतर्फ कुनै उपाधि हासिल नगरेता पनि व्यक्तिगततर्फ भने मनिष हमाल तथा बिलमलाल श्रेष्ठ फिडेमास्टर र प्रचण्डमान मालाकारले क्यान्डिडेटमास्टरको उपाधि हात पार्न सफल भएका छन् ।
बुधबार एक समारोह बीच युवा तथा खेलकुद मन्त्री माननीय दलजीत श्रीपालीले अफिसियल तथा खेलाडीहरुलाई विदाई गरे । पुरुष तर्फ टिम क्याप्टेनमा संघका महासचिव हेराकाजी महर्जन र खेलाडीहरु भुपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ रहेका छन् ।े महिला टिम तर्फ संघका उपाध्यक्ष माधव प्रसाद प्रधान टिम क्याप्टेन, खेलाडीहरुमा सिन्दिरा जोशी, शान्ता थापा, सुजना लोहनी, मनालिसा खम्बु र अस्मिता अधिकारी रहेका छन् । त्यसै गरी सघका सल्लाहकार सुबोध शेपार्ली, मनिन्द्रलाल कर्णिकार र संघका केन्द्रीय सदस्य उमेश के.सी. इन्टरनेशनल अर्गनाइजर सेमिनारमा भाग लिनेछन् । संघका पूर्व अध्यक्ष राजेशहरि जोशी इथिक कमिसनको बैठकमा भागलिन १९ भदौंमा प्रस्थान गर्नेछन् । यस अघि संघका अध्यक्ष एकालाल श्रेष्ठ र सचिव धरम बहादुर लामा एशियन समिटमा सहभागी हुन भदौ १२ गते दुवइ तर्फ लागेका थिए भने वहाहरु दुबईबाट नै वल्ड चेस फेडेरेशनको ८७औं साधारण सभामा सहभागी हुनेछन् ।
खुलामा नेपाली टोलीमा रहेका भुपेन्द्र र क्षितिजको यो पहिलो ओलम्पियाड सहभागिता हो । थापाथली चेस पार्कका उत्पादन क्षितिज पछिल्लो दुइ बर्ष यता सनसनीपूर्ण रुपमा उदाएका खेलाडी हुन् ।