राष्ट्रिय महिला भलिबल प्रतियोगिता तयारी पुरा

ladies volleyballe
नवआदर्श सामुदायिक विकास समाजलको आयोजनामा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता तयारी पूरा भएको जनकारी आयोजकले गराएको छ । हरितालिका तीज महोत्सव–२०७३ का अवसरमा संचालन हुने प्रतियोगिताको काठमाण्डौंको न्यु डायमण्ड एकेडेमीले उपाधिमा ह्याट्रीक गरेका छ । नेपाली कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको २० औं वार्षिकोत्सव अवसरमा हुने उक्त महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता लगायत विविध कार्यक्रम हुँदैछन् । महोत्सवमा २५ वटा व्यापारिक प्रयोजन तथा ६ वटा खानाका गरी ३१ वटा स्टल रहने आयोजकले बताए । मुख्य आकर्षण राष्ट्रिय महिला भलिबल प्रतियोगितामा साविक विजेता न्यू डायमण्ड, नेपाल प्रहरी, नेपाल आर्मी, पश्चिमाञ्चल टप्स मावि, सशस्त्र प्रहरी बल, मध्यपश्चिमांचल भलिब संघ गरी ६ टिमले भाग लिनेछन् । न्यू डायमण्ड, नेपाल प्रहरी र नेपाल आर्मी समूह क मा छन् । विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । तेस्रोले २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ । विधागतरुपमा वेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ । भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए ।
कैलास विकास बैंकको मुख्य प्रायोजनमा हुने महोत्सवमा करिब २५ लाख खर्च लाग्ने र ३० लाख संकलन गर्ने आयोजकको लक्ष्य लिएको अर्थ संयोजक बमबहादुर गुरुङले बताए । साँस्कृतिक तथा विविध विधा तथा खेलकुदमा गरी १ हजार जना प्रतिष्पर्धी र करिब १ लाख दर्शकको सहभागिता रहने आयोजकको अनुमान छ । बानियाँ स्टोर्स लामाचौर मुख्य सहयोगी रहेको महोत्सव प्रायोजकमा रेडबुल इनर्जी ड्रिङ्क्स, एकता बुक्स डिष्ट्रिव्यूटर्स, सहप्रायोजक चौधरी ग्रुप, कोकाकोला, वृज सिमेन्ट, सुमी डिष्ट्रिलरी प्रालि, गण्डकी आयाल मिलको कोशेली तेल, जयमनकामना सहकारी संस्था, लवकुश डेरी, एशियन थाइ फुड्स, दि युनाइटेड गोल्डमार्ट, आर–टेक प्रालि लामाचौर छन् ।

Comment