आइतबार देखि ललीतपुर जिल्लाब्यापी बास्केटबल
Manoj Shiama
2 September, 2016 2:34 pm
जिल्ला बास्केटबल संघको आयोजना तथा नेपाल बास्केटबाल संघको सहयोगमा प्रथम ललीतपुर जिल्ला ब्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबार सुरु हुदै छ । १९ देखि २५ भदौसम्म् हुने प्रतियोगितामा १२ टोलीलले लिगकम नकआउटको आधारमा सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक जिल्ला बास्केटबल संघका सचिव शरद विष्टले बताए । नेपाल बास्केटबल संघका उपाध्यक्ष भिम गुरुङ्गको उपश्थिती तथा जिल्ला बास्केटबल संघका अध्यक्ष राजेश ध्वज कार्कीको अध्यक्षतामा घाङ्गग्री क्याफे, हार्दीक क्लबमा भएको कार्यक्रममा जिल्ला बास्केटबल संघका कोशाध्यक्ष परशुमान गुरुङ्ग,तथा आयोजक कमिटीका सदस्य सञ्जय राइ, आशिष केसी, जर्ज लीम्बु र दुर्गामान आलेको पनि उपश्थिती थियो ।