विराजलाई सुचिता स्मृति स्कुल चेस उपाधि

Manoj Shiama
3 September, 2016 5:20 pm

chess newse

पायोनियर स्कुल कपनका विराज पुडासैनीले सुचिता स्मृति तेस्रो उपत्यकाव्यापी अन्तर स्कुल रनिङ्ग शिल्ड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिग ७ राउण्ड खेलमा उनले ६ जित र एक बराबरी खेलेका थिए । उपाधिसँगै उनले ट्रफि, मेडल, प्रमाणपत्र र नगद पाँच हजार हात पारे । नागार्जुना एकेडेमी कुपन्डोलद्धारा आयोजित प्रतियोगितामा समान ६ अंक भएपनि टाइब्रेकमा अन्नपुर्ण उमावि ज्याठाका मोहम्मद अदनान आदिल दोश्रो र अन्नपुर्णकै दिपेन्द्र गमाल तेश्रो भए । उनीहरुले क्रमशः नगद तीन हजार र एक हजार प्राप्त गरे । त्यस्तै पायोनियरकै सुदिप तामाङ्ग र सन्देश कटवाल समान साढे पाँच अंकका साथ चौथो र पाँचौं स्थानमा रहे ।

यसैगरी प्रतियोगितामा पायोनियरकी अनिशा न्यौपाने बेष्ट छात्रा र दिपज्योती स्कुलका प्रसन्न बिक्रम कुँवर बेष्ट जुनियर हुन सफल भए । प्रतियोगिताका विजयी तथा सहभागीहरुलाई आयोजक स्कुलका प्रिन्सिपल सुनिल बिक्रम सिजापतिको सभापतित्वमा ललितपुर जिशिअ एल एन उपाध्याय, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु लगायतले पुरस्कार वितरण गरे ।

तीन दिने प्रतियोगितामा उपत्यकाका १४ वटा स्कुलका ८१ जना छात्रा छात्रहरुको सहभागि थिए ।