विनयको विजयी सुरुआत

Manoj Shiama
6 September, 2016 10:27 am

asian tennise
नेपालका विनय बतासले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट १ मा सोमबार विजयी सुरुआत गरेका छन् ।केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघको सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा विनयले भारतका अभिजित श्रीवास्तवलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।
ब्वाइज सिंगल्समै भारतका शशिकान्त ठाकुरले नेपालका प्रसिद्ध मोक्तानलाई ६–१ र ६–०, भारतका एम्बिसियस गोल्डस्मिथले नेपालका छविलाल राउतलाई ४–६, ६–२ र ६–३, भारतका अरिहन्त गोयलले नेपालका साम्पुकहाङ लिम्बूलाई ६–३ र ६–०, नेपालका सुदेन गिरीले नेपालका रोहनविक्रम चौधरीलाई ६–३ र ६–१, नेपालका सामराज्ञा कट्वालले नेपालका ग्रिजेशमान श्रेष्ठलाई ६–१ र ६–०, नेपालका आर्यन गिरीले नेपालका इभ्याक जोशीलाई ६–० र ६–२, भारतका अमन गोयलले भारतकै आदित्य अग्रवाललाई ६–२ र ६–२, भारतका आर्यमन मेहताले नेपालका प्रमोद बुढाथोकीलाई ६–१ र ६–१ तथा भारतका शशिकान्त ठाकुरले नेपालका सहर्ष पराजुलीलाई ६–० र ६–१ को सेटमा हराए ।
ब्वाइज डबल्समा नेपालका विनय बतास र छविलाल राउतको जोडीले भारतका आदित्य अग्रवाल र नेपालका सामराज्ञा कट्वालको जोडीलाई ६–० र ६–०, भारतका शशिकान्त ठाकुर र श्रीकान्त ठाकुरको जोडीले नेपालका सम्यकभूषण वज्राचार्य र आर्यन गिरीको जोडीलाई ५–७, ६–१ र १०–८, भारतका अमन गोयल र अरिहन्त गोयलको जोडीले नेपालका प्रमोद बुढाथोकी र रोहनविक्रम चौधरीको जोडीलाई ६–१ र ६–१ तथा भारतका एम्बिसियस गोल्डस्मिथ र आर्यमन महेताको जोडीले नेपालका साम्पुकहाङ लिम्बू र प्रसिद्ध मोक्तानको जोडीलाई ६–१ र ६–० ले निराश पारे । त्यस्तै नेपालका सुदेन गिरी र इभ्याक जोशीको जोडीले नेपालका सहर्ष पराजुली र ग्रिजेशमान श्रेष्ठको जोडीबाट वाकओभर पाए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स प्रतिस्पर्धामा नेपालकी अल्शा रेग्मीले नेपालकी सर्वाभानी श्रेष्ठलाई ६–४ र ६–१ तथा नेपालकी सलोनी तामाङले नेपालकी एन्जल डंगोललाई ६–१ र ६–० को सोझो सेटमा पन्छाए ।
प्रतियोगिताको ब्वाइजमा नेपालका १५ र भारतका ११ गरी २६ खेलाडी सहभागी छन् । गल्र्समा नेपालका १३ र भारतका ५ सहित १८ खेलाडीले भाग लिएका छन् । ब्वाइज सिंगल्स र डबल्समा प्रतिस्पर्धा भइरहेको छ ।