ओसिसको जित

Manoj Shiama
6 September, 2016 10:38 am

bas balleओसिसले प्रथम ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ । ओसिसले गौरीशंकरलाई ४२–२४ ले पराजित ग¥यो । ओसिसका हरि शाहीले १२ अंक जोडे ।
ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा आईडियलले रातो बंगलालाई ५२–२१ तथा ग्रान्डले रेडिअन्टलाई ३१–१० ले हराए । आईडियलका आशिष गुरुङले २२ तथा ग्रान्डका लोकेश गुरुङले २३ अंक जोडे ।