आदित र सम्यक सेमिफाइनलमा

Manoj Shiama
7 September, 2016 7:56 pm

tenis ajae
नेपालका आदित सुवेदी र सम्यकभूषण वज्राचार्य केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टको सर्किट १ अन्तर्गत ब्वाइज सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटो टेनिस कोर्टमा भएको क्वाटरफाइनलमा आदितले भारतका भत्सल श्रीवास्तवलाई ६–० र ६–४ तथा सम्यकले भारतका आर्यमान मेहतालाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धामा भारतका अमितोजसिंह सच्देवले नेपालका सहर्ष चन्दलाई ७–५ र ६–३ तथा भारतका अर्नभ पठाङ्गेले भारतकै एम्बिसियस गोल्डस्मिथलाई ६–० र ६–० को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनल आदित र सम्यक तथा अमितोज र अर्नभबीच हुनेछ ।
केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघको सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा भारतकी सम्भावी तिवारी, नेपालकी प्रेरणा कोइराला, नेपालकी इरा रावत तथा भारतकी लक्षण्या विश्नाथले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
सम्भावीले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–४, प्रेरणाले भारतकी तमिशा प्राण्जललाई ६–२ र ६–३, इराले नेपालकी प्रियंका चौधरीलाई ६–० र ६–० तथा लक्षण्याले नेपालकी रायना शाहलाई ६–२ र ६–१ को सोझो सेटमा पाखा लगाउदै अन्तिम चारमा पुगे । सेमिफाइनलमा लक्षण्याको भेट सम्भावीसंग हुनेछ भने प्रेरणाले इराको सामना गर्नेछिन् ।