इरा र सम्भावी फाइननलमा
नेपालकी इरा रावत र भारतकी सम्भावी तिवारी केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टको सर्किट १ अन्तर्गत गल्र्स सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा इराले नेपालकै प्रेरणा कोइरालालाई ६–२ र ६–१ तथा सम्भावीले भारतकै लक्षण्या विश्वनाथलाई ५–७, ६–४ र ६–४ को सेटमा पराजित गरे । सोही स्पर्धाको ब्वाइजमा नेपालका आदित सुवेदी र भारतका अर्नभ पठाङ्गे फाइनलमा भिड्ने भएका छन् ।
आदितले नेपालका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१ तथा अर्नभले भारतका अमितोज श्रीवास्तवलाई ६–० र ६–० को सोझो सेटमा हराए । गल्र्स डबल्समा भारतका तनिशा प्राण्जल र सम्भावीको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा भारतका अर्सिया अहमद र इराम जैडीलाई ६–० र ६–३ को सीधा सेटमा पाखा लगाए । नेपालका अभिलाषा विष्ट र इरा तथा अल्शा रेग्मी र सलोनी तामाङको जोडी तेश्रो भए ।
ब्वाइज डबल्समा भारतका अर्नभ र अमितोजको जोडीले बाजी मारे । फाइनलमा उनीहरुले नेपालका सहर्ष चन्द र आदित सुवेदीको जोडीमाथि ६–३ र ६–४ को जित दर्ता गरे ।