आईडियल र ओसिस फाइनलमा
Manoj Shiama
8 September, 2016 7:50 pm
आईडियल मोडेल स्कुल र ओसिस प्रथम ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा आईडियलले ग्रान्ड एकेडेमीलाई ५८–३७ तथा ओसिसले नालन्डालाई ४७–४५ ले पराजित गरे । आईडियलका आशिष गुरुङले ३५ तथा ओसिसका अशिम सुनवारले ११ अंक जोडे । फाइनल शुक्रबार हुनेछ ।