खुलामा नेपालको जित, महिलामा सुजना महत्वपूर्ण उपलब्धी नजीक

Manoj Shiama
12 September, 2016 9:37 am

chess oloympiade
विलमलाल श्रेष्ठ र क्षितिज भण्डारीको जितसंगै नेपाललले अजरबैजानको बाकुमा जारी ४२ औ चेस ओलम्पियाडमा महत्वपूर्ण सफलता हात पारेको छ । चारवटै बोर्डमा आफूभन्दा माथिल्लो रेटिङ्गका खेलाडी रहेको जमैकासंगको नवौ चरणको खेलमा नेपालले २.५–१.५ को जित हात पा¥यो । पहिलो बोर्डमा केशब श्रेष्ठले इलीयोट वारेन(२२३८) संग बराबरी गरे । सजिन मर्हजन डेमन डेभी(२११७)संग पराजित भए । तेश्रो बोर्डमा क्षितिजले मोर्ने मलाकु(२१६१) लाई हराए । चौथो बोर्डमा विलमले विल्सन ब्रन्डन( २०७४) लाई हराए । विलमको यो ८ खेलमा छैटौ जित हो । नेपालले १० औ चरणमा चाइनीज ताइपेइसंग सामना गर्ने छ ।
महिला स्पर्धामा भने नेपाली टोली र पाकिस्तानको बराबरी भयो । नेपालका सिन्दिरा जोशी र सुजना लोहनीले जित हात पारे । अस्मिता अधीकारी र शान्ता थापा पराजित भए । सुजनाको सात खेलमा यो पाचौ जित हो । उनी नेपालको पहिलो डब्लुएफको उपाधि बाट एक अंक टाढा रहेकी छिन् ।