सर्किट २ को उद्घाटन
केशा ग्रुपको मुख्य प्रायोजन, एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोग तथा अखिल नेपाल लनटेनिस संघको आयोजनामा केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को सोमबार उद्घाटन गरिएको छ ।
सर्किट २ को लनटेनिस संघका कोषाध्यक्ष सञ्जय अमात्य, सदस्यद्वय रेणुदेवी कोण्डा र दीपक कार्कीले एटीएफ वाइट ब्याज रेफ्री प्रवीणकुमार नायकलाई संयुक्त रुपमा बल हस्तान्तरण गरी उद्घाटन गरे । सर्किट २ को पहिलो दिनका खेलहरु वर्षाका कारण हुन सकेन । वर्षाका कारण कोर्ट भिजेर खेलाउन नमिल्ने भएपछि रेफ्री नायकले पहिलो दिनका खेलहरु स्थगित भएको घोषणा गरेका थिए ।
सर्किट २ मा नेपाल र भारतका खेलाडी सहभागी छन् । समान १६–१६ ब्वाइज र गल्र्सले प्रतिस्पर्धा गर्नेछन् । यसअघि शुक्रबार सम्पन्न सर्किट १ को ब्वाइजमा भारतका अर्नभ पठाङ्गे र गल्र्समा नेपालकी इरा रावत च्याम्पियन बनेका थिए ।