क्षितिजको अर्को सफलता

Manoj Shiama
13 September, 2016 7:29 pm

chess oloympiade
अजरबैजानको बाकुमा सम्पन्न ४२ औ चेस ओलम्पियाडमा नेपालका क्षितिज भण्डारीले दोश्रो आइएमलाई हराएका छन् । उनले ११ औ तथा अन्तिम चरणमा इराकका आइएम अल सफार (२३६१) लाई पराजित गरे । उनले आठ खेलमा कुल ५.५ स्कोर गरे । पाच जित हात पारेका उनले दुइमा पराजयको सामना गरे भने एकमा बराबरी गरे । यस ओलम्पिायडमा सानदार प्रदर्शन गरेका विलमलाल श्रेष्ठले अन्तिम चरणमा अब्दुल्लाह हब अहमद अब्दुल्ला(२२३६)संग बराबरी गरे । सजिन मर्हजन मोहम्मद सोसेक सलाह( २२५१) संग हारे । केशब श्रेष्ठ पनि इस्माइल नमीर( २१६१)संग पराजित भए । नेपालले १२० औ स्थानमा रह्यो । विलमले नौ खेलमा ६.५ स्कोर गरे ।
क्षितिजसग पराजित सफारले तेश्रो देखि चौथो चरणमा तीन आइएमको सामना गर्दा सबैमा जित हात पारेका थिए । १० औ चरणमा उनले फीनल्यान्डका आइएम सीपिला भिका( २४४७ ) लाइ हराएका थिए । चार बर्ष अघि एक कलेज स्तरीय प्रतियोगिताबाट नेपाली चेसमा देखा परेका क्षितिज तीन बर्ष देखि थापाथली चेस पार्कमा सक्रिय छन् । दुइ बर्ष अघिसम्म उनी सामान्य खेलाडी मानीन्थे ।
महिला तर्फ नेपालले अन्तिम चरणमा अरुवासंग बराबरी गर्र्दै ११३ औ स्थानमा रह्३यो । नेपालका सिन्दरा जोशी र सुजना लोहनीले जित हात पारे । डब्लुएफएम भएकी सुजनाले कुल नौ खेलमा सात स्कोर गरिन् । नेपालका अस्मिता अधीकारी र मोनालीसा खुम्बु पराजित भए ।