आर्यन सर्किट २ को क्वाटरफाइनलमा

Manoj Shiama
13 September, 2016 8:22 pm

aryane
नेपालका आर्यन गिरी केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा आर्यनले नेपालकै रोहनविक्रम चौधरीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । अन्य खेलमा सर्किट १ का विजेता भारतका अर्नभ पठाङ्गेले भारतकै एम्बिसियस गोल्डस्मिथलाई ६–१ र ६–१, नेपालका आदित सुवेदीले नेपालकै समराज्ञ कट्वाललाई ६–० र ६–१, नेपालका इभेक जोशीले नेपालका सहर्ष पराजुलीलाई ६–२, ४–६ र ६–०, नेपालका सम्यकभूषण वज्राचार्यले भारतका शशिकान्त ठाकुरलाई ६–३ र ६–१, नेपालका सहर्ष चन्दले नेपालका साम्पुक राईलाई ६–० र ६–० तथा नेपालका ग्रिजेशमान श्रेष्ठले नेपालका प्रसिद्ध मोक्तानलाई ६–३ र ६–३ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
गल्र्स सिंगल्समा नेपालकी अभिलाषा विष्टले नेपालकी प्रियंका चौधरीलाई ६–० र ६–०, सर्किट १ की विजेता नेपालकी इरा रावतले नेपालकी रायना शाहलाई ६–१ र ६–१, नेपालकी प्रेरणा कोइरालाले नेपालकी सर्वानी श्रेष्ठलाई ६–० र ६–०, भारतकी लक्षण्या विश्वनाथले नेपालकी श्रुति तामाङलाई ६–० र ६–१, नेपालकी अल्शा रेग्मीले नेपालकी एन्जल डंगोललाई ६–० र ६–०, नेपालकी इशाश्री शाहले नेपालकी प्रणवी प्रधानलाई ६–० र ६–०, नेपालकी स्नेहा यादवले नेपालकी लुमु लामालाई ६–० र ६–१ तथा नेपालकी सलोनी तामाङले नेपालकी सौरभी कट्वाललाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउदै क्वाटरफाइनल पुगे ।
केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका सहर्ष चन्द र आदित, भारतका शशिकान्त र श्रीकान्त, भारतका अर्नभ र एम्बिसिएस तथा नेपालका इभेक र समराज्ञको जोडी सेमिफाइनलमा पुगे ।
सोही स्पर्धाको गल्र्समा नेपालकी अभिलाषा र इरा, भारतका लक्षण्या र नेपालकी प्रेरणा, नेपालका इशाश्री र रायना तथा नेपालका अल्शा र सलोनी तामाङको जोडीले सेमिफाइनल यात्रा तय गरे ।