न्युडायमन्ड र हेल्प नेपाललाई उपाधि

news-diomonde
तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको च्याम्पियनसिपको फाइनलमा न्यु डायमन्ड एकेडेमीले पुलिसलाई २५–१८, २५–१४ र २५–१८ ले पराजित गरेको हो । डायमन्डलाई जिताउन प्रतिभा माली, ललिता नाथ र कृपा अधिकारीले उत्कृष्ट खेल खेले ।
न्यु डायमन्डका प्रशिक्षक कुमार राईले आफ्नो रणनीति अनुसार खेलाडीले खेल्न नसके पनि उपाधि जितेको खुसी व्यक्त गरे ।
त्यसैगरी पुरुषतर्फको फाइनल खेलमा भारतीय खेलाडीको बाहुल्यता रहेको हेल्प नेपाल क्लवले नेपली सेनाको त्रिभुवन आर्मी क्लवलाई २५–२१, २७–२५ र २५–१७ को सोझो सेटमा हरायो ।
त्यसैगरी तेस्रो स्थानका लागि भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवले टप्स पश्चिमाञ्चललाई २५–२१, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो । त्यसैगरी पुरुषतर्फको तेस्रो स्थानको खेलमा विभागीय टोली एपीएफले पश्चिमाञ्चललाई ३–२ को सेटमा हरायो । एपीएफले २५–२३, १९–२५, २५–१९, २९–३१ र १५–६ को सेटबाट हरायो ।
नेपाल भलिबल संघको वार्षिक क्यालेन्डरअनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेता न्यु डायमन्ड र हेल्प नेपालले ट्रफीसहित नगद १ लाख २५ हजार रूपैयाँ प्राप्त गरे भने उपविजेता नेपाल पुलिस क्लव र नेपाली सेनाले नगद ७०÷७० हजार रूपैयाँ प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका एपीएफका महिला तथा पुरुष टोलीले ५०÷५० रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली र पुरुषतर्फ हेल्प नेपालका शुभम् चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले १५÷१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी महिलातर्फ सेटरमा न्यु डायमन्डकी कृपा अधिकारी, डिफेन्समा न्यु डायमन्डकै सलिना श्रेष्ठ घोषित भइन् भने स्पाइकरमा नेपाल पुलिसकी कोपिला उप्रेती र वेष्ट सर्भरमा टप्स पश्चिमाञ्चलकी अरुणा शाही घोषित भए ।
त्यसैगरी पुरुषतर्फ बेष्ट स्पाइकरमा नेपाली सेनाका नरेन्द्र गिरी, सेटरमा हेल्प नेपालका विकास चौधरी, ब्लकमा हेल्प नेपालकै शुभे सिंह, डिफेन्समा हेल्प नेपालका मोहन पुन र सर्भरमा सेनाका मानबहादुर श्रेष्ठ घोषित भए । विधागत रुपमा उत्कृष्ट हुने जनही ५ हजार पुरस्कार प्राप्त गरे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे ।

समीक्षालाई एक्सिलेन्सी पुरस्कार
काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि विजेता न्यु डायमन्ड एकेडेमीकी समीक्षा घिमिरे एक्सिलेन्सी पुरस्कारबाट सम्मानित भएकी छन् ।
न्यु डायमन्ड एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घिमिरे बोल्न र सुन्न नसके पनि विगत ४÷५ बर्षदेखि नियमित रुपमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । उनलाई शेरबहादुर खड्का प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले एक्सिलेन्सी ट्रफीसहित नगद १० हजार बाट पुरस्कृत गरेका हुन् ।
पूर्व राष्ट्रिय खेलाडी तथा भलिबल संघका उपाध्यक्ष खड्काले समीक्षाले भलिबल खेलमा देखाएको समर्पणका लागि सम्मान गरेको बताए ।

Comment