बेसबल मंगलबार
Manoj Shiama
24 September, 2016 9:51 am
द गोर्खा क्रयु क्लब बेसबलको आयोजनामा द गोर्खा क्रयु बेसबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा यु–१५ उमेरसमूहमा ८ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष दिनेश बजगाईंले जनाएका छन् । दुईदिने प्रतियोगिताको उद्घाटन सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल र समापन अमेरिकी दूतावासको खेल मैदान फोहरा दरवारमा हुनेछ ।