राजेशको स्तरीयता चुलीदै

Manoj Shiama
25 September, 2016 10:32 am

rajesh-karmacharya1rajesh1
नेपाली खेलकुदमा उत्कृष्ट प्राबीधीकको छबी बनाएका जुडोकर्मी राजेश कमाचार्यले अमेरिकामा पनि राष्ट्रिय जुडो प्रशिक्षकको लाइसेन्स प्राप्त गरेका छन् । न्युयोर्क मै जुडो क्लब चलाएर बसेका प्रशिक्षक कमाचार्यले अमेरिकामा रेफ्रिको रुपमा थुप्रै महत्वपूर्ण प्रतियोगितामा जिम्मेवारी पुरा गरिसकेका छन् ।
नेपालबाट केही बर्ष अघि अमेरिका पुगेका राजेशले नेपालमा बनाएको साख बनाएका राजेशले पटीयाला कोर्षमा उत्कृष्ट अंक ल्याएका थिए । यसै उत्कृष्टतालाई निरन्तरता दिदै राजेशले डिस्टीन्सन अंक सहित कोर्ष पुरा गरेका हुन् । यो कोर्ष भन्दा अघि उनले अन्य कोर्ष गरेर अबसर पाएका हुन्। उनले यस अघि सेफ स्पोर्ट्स र कार्डीओ पूल्मोनरी रेस्कुसन (सिपीआर) कोर्ष पुरा गरेका हुन् । सेफ स्पोर्ट्स प्रशिक्षण गराउदा ध्यान दिनु पर्ने विषयमा केन्दि«त कोर्ष हो । उनका प्रशिक्षार्थीको प्रभाव अमेरिकाको जुडोमा देखिन सुरु भइसकेको छ ।
नेपालमा रहदा पर्सालाई नेपाली जुडोको पावर हाउस बनाएका राजेश काठमाडौ आइपुगे पछि रेफ्रिको रुपमा सक्रियता बढेको थियो । उनी पर्सामा रहदा नेपाली जुडोमा पर्साको प्रभाव अत्यन्त बढी थियो । लगभग एक दशक उनका उत्पादन नै नेपाली जुडोमा उत्कृष्ठ ठहरिएका थिए । राजेश अमेरिका पुगेको बर्षौ पछि समेत उनका चेली लीला अधीकारी र सरिता चौधरी १२ औ दक्षिण एसियाली खेलकुदमा पदक जित्न सफल भएका थिए । लीला नेपाली जुडोको उत्कृष्ट मध्य एक खेलाडीको रुपमा परिचित छन् ।