बतासे ट्रेल रन हुने

batase-trail1
फ्रेन्ड्स अफ हिमालय चिल्ड्रेन र अल्ट्रा ट्रेल नेपालको संयुक्त आयोजनामा दोश्रो बतासे ट्रेल रन जनवरी १३ तारिखमा हुने भएको छ ।
ट्रेल रनको मुख्य आकर्षण ६५ किलोमिटरको अल्ट्रा दौड हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हिमालय चिल्ड्रेनका अध्यक्ष सोम तामाङले जानकारी गराए । ट्रेल रन ठमेलस्थित सञ्जय कोषको भवन अगाडिबाट सुरु भइ महाराजगन्ज, नारायणथान, शिवपुरी राष्ट्रिय निकुञ्जको गेट, झुले, चिसापनी, पाटी भञ्ज्याङ, थकनीचौर, धौलेडाँडा, धुसेनीचौर, मेलम्ची बजार, तालामाराङहुँदै सिन्धुपाल्चोकको बतासेमा टुंगिने छ ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । अस्ट्रेलिया र स्पेनबाट पनि खेलाडी सहभागी हुने अपेक्षा गरेको अध्यक्ष तामाङले जानकारी गराए ।
त्यस्तै सिन्धुपाल्चोकका स्थानियलाई अवसर दिने उद्देश्यले पुरुष÷महिलाको २५ किलोमिटर दूरीको प्रतिस्पर्धा पनि राखिएको छ । यो स्पार्धमा पहिलोले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्ने छन् ।
१६ वर्षमुनि ब्वाइज÷गल्र्सको १२ किलोमिटर स्पर्धामा पनि समावेश गरिएको छ । यसमा विजेताले ३ हजार, उपविजेताले २ हजार र तेश्रोले १ नगद पुरस्कार हात पार्ने छन् ।
तीनै स्पर्धामा करिब ३ सय ६० खेलाडीको सहभागिता अनुमान गरिएको बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न १५ देखि २० लाखसम्म खर्च हुने अनुमान आयोजकको छ ।

Comment