सान यु–१४ क्रिकेट टिम सम्मानित

Manoj Shiama
23 October, 2016 10:42 am

cricket1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले भारतको कोलकाता र मेदिनीपुरमा भएको मैत्रीपूर्ण क्रिकेटमा सहभागी आफ्ना यु–१४ क्रिकेट टिमलाई शनिबार सम्मान गरेको छ ।गत साता भएको मैत्रीपूर्ण क्रिकेटमा प्रियान्शु श्रेष्ठ, भार्गव चटौत, रिशोनमान मलेखु, क्षितिज न्यौपाने, हृदय गिरी, अविस्कार जोशी, रोहित राणा, विपिन शाही, कौशल श्रेष्ठ, निश्चल अमात्य, नितिश कर्ण, स्वरुप श्रेष्ठ, आर्यन स्वामी थापा, रोनक पराजुली, पेम्बा लामा, कलिल गिरी, प्रशान अधिकारी र पृथ्वी घिमिरेले भाग लिएका थिए ।
सोही अवसरमा सानद्वारा सञ्चालित क्रिकेट कोचिङ कोर्स एडभान्स लेभल– २ उत्तीर्ण हुन सफल प्रशिक्षार्थीलाई पनि पुरस्कृत गरिएको थियो । उक्त कोर्समा विशाल राणा पहिलो, सिद्धान्त श्रेष्ठ र इशान चौधरी दोश्रो तथा तब्रेज खान तेश्रो भएका थिए ।
सानले सञ्चालन गर्दै आइरहेको विभिन्न कार्यक्रममा सहयोग पु¥याएका प्रशिक्षार्थीका अभिभावकहरु पनि सम्मानित भए । विश्वजित राणालाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुने अन्य अभिभावकहरुमा भुवन भट्ट, अनिता पाण्डे, महेशमान मलेखु, अरुणध्वज जोशी, भावनी विष्ट, भरत शाही, विनोद हाडा, युवराज गिरी, कमलराज थापा, शिवाली जोशी, सुमन श्रेष्ठ तथा रमेशप्रसाद जोशी छन् ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य येकेन्द्रबहादुर कुँवर, १३ औं साग तयारी सचिवालयका प्रमुख रिम रानाभाट, सानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधान र राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरे ।