आइसहक्की महासंघका टार्डिफ नेपालमा

ice-hockey1
अन्तर्राष्ट्रिय आइसहक्की महासंघका काउन्सिल सदस्य तथा आइस रिंक विज्ञ लुक टार्डिफ नेपाल भ्रमणमा आएका छन् । निवार विहान टार्डिफलाई नेपाल आईस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीलगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए । नेपालमा आइस हक्की खेलको प्राविधिक तथा खेल संरचनको भौतिव पक्षको विषयमा अध्ययन गर्न उनी नेपाल आएका हुन् । पाँच दिने भ्रमणका लागि नेपाल आइपुगेका टार्डिफ शनिवार नै पोखरा पुगेका छन् । पोखरामा उनले आइस हक्की रिंक निमार्ण गर्न मिल्ने सम्भावित स्थानको अवलोकन गर्ने छन् ।
टार्डिफले नेपालमा रहँदा नेपालका लागि नौलो खेलका रुपमा रहेको आइस हक्कीको विकास र विस्तारका विषयमा युवा तथा खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतसँग भेट्ने कार्यक्रम रहेको छ । उनले धुलिखेलमा समेत आइस रिंक निमार्ण हुन सक्ने नसक्ने अध्ययन गर्ने छन् । उनले नेपाल उत्रिने वित्तिकै सगरमाथा र गौतम बुद्धको देशमा आइस रिंक निमार्णका लागि सहयोगी हुन पाएकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए । दुई दिने पोखरा भ्रमण पछि उनी काठमाडौं फर्केन कार्यक्रम रहेको संघका अध्यक्ष शाहीले बताए ।
आइस रिंक निमार्ण विज्ञसमेत रहेका टार्डिफ फ्रेञ्च आइस हक्की फेडेरेसनका अध्यक्ष समेत हुन् । क्यानडामा जन्मिएका ट्राडिफ १९७५ मा युरोप पुगेका थिए । उनले युरोपमा विभिन्न टिममा रहेर लामो समय आइस हक्क िखेले । उनीले युथ आइस हक्की कार्यक्रमको प्रमुख भएर समेत काम गरेका थिए ।

Comment