काठमाडौं बास्केटबलमा थापा
नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा ७ सदस्यीय काठमाडौं जिल्ला बास्केटबल संघ निर्विरोध चयन गरिएको छ । बास्केटबल संघका केन्द्रीय महासचिव होम दोङको उपस्थितिमा शनिबार सम्पन्न साधारणसभाले जिल्ला कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षद्वयमा रमेश पन्थी र सरोजा कोइराला, सचिवमा निरन्जन सत्याल र कोषाध्यक्षमा राजेश महर्जन रहेका छन् । पूर्ण न्यौपाने र अस्मिता शर्मा सदस्यमा चयन भए ।